News Portal

  • नबिल बैंकले अन्तर्राष्ट्रिय भुक्तानी गर्न मिल्ने ‘नबिल आइकार्ड’ ल्यायो

    आर्थीकसंसार संवाददाता११ चैत्र, २०७७
    ७५७ पटक
    ११ चैत्र, २०७७

    काठमाडौं । अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी नेपाल राष्ट्र बैंकले ल्याएको परिपत्रलाई मध्यनजर राख्दै नबिल बैंकले युएस डलर नबिल आइकार्ड ल्याएको छ ।
    यस बैंकमा खाता भएका ग्राहकहरुले उक्त कार्ड मार्फत वार्षिक अधिकतम अमेरिकी डलर ५०० बराबरको इकर्मश साइटमार्फत अनलाइन सपिङ गरी विश्व भर (भारत बाहेक)भुक्तानी गर्न सक्नेछन् ।
    सो कार्ड लिनको लागि ग्राहकहरुको खातासँगै प्यान कार्ड पनि अनिवार्य हुनेछ । यस कार्डबाट ग्राहकले एकै पटक वा पटकपटक गरी एक वर्षमा अमेरिकी डलर ५०० बराबर को परिवत्र्य विदेशी मुद्राको सटही गर्न सक्नेछन् ।
    सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको यस नबिल बैंकको ११९ शाखा, १८५ एटिएम, १५०० भन्दा बढी नबिल रेमिट एजेन्ट रहेको नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको इतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्