News Portal

  • नेपाल बङ्गलादेश बैंक र नेपाल सुनचाँदी व्यवसायी महासंघबीच सम्झौता

    आर्थीकसंसार संवाददाता१० चैत्र, २०७७
    ५२५ पटक
    १० चैत्र, २०७७

    काठमाडौं । नेपाल बङ्गलादेश बैंक लिमिटेड र सुनचाँदी व्यवसायीहरुको छाता संगठन नेपाल सुनचाँदी व्यवसायी महासंघबीच बैंकिङ्ग साझेदारी सम्झौता भएको छ ।
    सो सम्झौतामा नेपाल बङ्गलादेश बैंक लिमिटेडको तर्फबाट बैंकका सहायक महाप्रबन्धक सलोनिका सिंह तथा नेपाल सुनचाँदी व्यवसायी महासंघको तर्फबाट महासंघका अध्यक्ष माणिकरत्न शाक्यले हस्ताक्षर गरेका छन् ।
    सो सम्झौताअनुसार महासंघसँग आवद्व सुन व्यवसायीहरुले नेपाल बङ्गलादेश बैंक लिमिटेडका नेपालभरिका शाखाहरुबाट विभिन्न बैंकिङ्ग सुविधाहरु प्राप्त गर्न सक्नेछन् । साथै नेपाल राष्ट्र बैंकको नगदरहित कारोबारलाई प्रवद्र्धन गर्ने नीतिलाई सफल बनाउने उद्देश्यले सुनचाँदी पसलहरुमा खरीदकर्ताहरुले नेपाल बङ्गलादेश बैंकको क्यूआर कोडमार्फत भुक्तानी गर्न सक्नेछन् ।
    साथै नेपालभरका महासंघसँग आवद्व महिला तथा दलित समुदायद्वारा सञ्चालित सुनचाँदी व्यवसायीहरुले नेपाल बङ्गलादेश बैंक लिमिटेडबाट सहुलियतपूर्ण ‘महिला उद्यमशील कर्जा’ तथा ‘दलित समुदाय व्यवसाय बिकास कर्जा’ पनि प्राप्त गर्न सक्नेछन् । हाल नेपाल बङ्गलादेश बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिँदै आएको छ ।

    प्रतिकृया दिनुहोस्