News Portal

  • सिटिजन्स बैंकका ग्राहकहरुले अलिव कबाव सुलतानेट रेस्टुरेन्टमा विशेष छुट

    आर्थीकसंसार संवाददाता१० चैत्र, २०७७
    ८०० पटक
    १० चैत्र, २०७७

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र अलिवकबाव सुलतानेट रेस्टुरेन्टबीच सिटिजन्स बैंकका कार्डवाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
    मध्यपूर्वी भोजनको विशिष्ट स्वाद नेपालमै पस्कने उद्देश्यको साथ खुलेको अलिवकबाव सुलतानेटसँगको यो सहकार्य पश्चात सिटिजन्स बैंकका कार्डबाहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
    हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको पनि व्यवस्था गरेको छ ।
    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा एटिएम र १०७ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट करिव सात लाख ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु डिजिटली च्यानलको माध्यमबाट प्रदान गरिरहेको छ । यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न स्यान र विथड्र सेवा, मोबाइल बैंकिङ्गको पिन नं. बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट नगरी घरबाटै पिन रिसेट गर्न सकिनेजस्ता सेवाहरुको थालनी गरेको छ । यस प्रकारको सेवाबाट डिजिटल बैंकिङ्ग सभ्यताको विकासमा टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।
    व्यवसायिक ज्ञानको कमी, वित्तीय बजारको यथार्थ जानकारी नहुनु, नीति, नियम र प्रणालीसँग परिचित नहुनु तथा व्यवसायिक तालिम र अभिमुखीकरणको अपर्याप्तता, उचित परामर्शको अभाव, वित्तीय साक्षरता र पहुँचको कमीले लगानीयोग्य पुँजी सदुपयोग हुन नसकेको परिस्थितिलाई न्यूनीकरण गर्न यस बैंकले वित्तीय साक्षरताका कार्यक्रमहरुका साथसाथै सुलभ र सहज तवरले सहुलियतपूर्ण कर्जा प्रवाह गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्