News Portal

  • स्वावलम्बन लघुवित्तको कोरोना उपचार कोषमा १ करोड ३२ लाख आर्थिक सहयोग

    आर्थीकसंसार संवाददाता०१ भदौ, २०७७
    ४११ पटक
    ०१ भदौ, २०७७

    काठमाडौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा थप सहयोग रकम प्रदान गरेको छ । यसअघि रू. २५ लाख सहयोग प्रदान गरिसकेको कम्पनीले थप रू. १ करोड ३२ लाख २८ हजार १ सय २१ सहयोग रकम उपलब्ध गराएको हो । उक्त रकम कोषको नाममा रहेको राष्ट्रिय वाणिज्य बैंकमा रहेको खातामा जम्मा गरेको कम्पनीका प्रबन्धक राजेन्द्र धितालले जानकारी दिएका हुन् ।
    यो वाहेक कम्पनीले सातवटै प्रदेशमा रहेका शाखा/उपशाखा कार्यालयमार्फत १५० वटा स्थानीय निकायलाई रू. १० लाख आर्थिक सहयोग उपलब्ध गराएको समेत धितालले बताएका छन् । कोरोना संकटको यो विपतको घडीमा कम्पनीले समस्यामा परेका विपन्न ग्राहक सदस्यलाई विभिन्न शाखा कार्यालयमार्फत राहत सामग्री खाद्यान्न समेत वितरण गरेको प्रबन्धक धितालको भनाइ छ । उनले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन बमोजिम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा २०७७ असार मसान्तसम्म बाँकी रहेको रकम थप सहयोग स्वरुप कोरोना संक्रमण रोकथाम, नियन्त्रण, उपचार कोषमा जम्मा गरेको र उक्त सहयोगले न्यून आय भएको साथै अप्ठ्यारोमा परेको वर्ग, समुदायलाई दैनिक उपभोग्य सामग्री वितरणमा सहयोग पुग्ने विश्वास संस्थाले लिएको समेत बताए ।
    यस कम्पनीले ग्राहक संरक्षण र संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत समयसमयमा ग्राहक तथा समुदायको हितका लागि विभिन्न कार्यक्रम तथा प्राकृतिक विपद् व्यवस्थापका लागि विभिन्न राहत प्याकेजहरु उपलब्ध गराउँदै आएको छ । राष्ट्रिय स्तरको कार्यक्षेत्र रहको स्वावलम्बन लघुवित्त वित्तीय संस्था लि.ले हाल ६१ जिल्लामा रहेका १४० वटा शाखा कार्यालयमार्फत २ लाख ५० हजार सदस्य तथा परिवारलाई प्रत्यक्ष लघुवित्त सेवा तथा विभिन्न गैरवित्तीय, दक्षता अभिवृद्धिलगायतका सेवा प्रदान गर्दै आएको छ ।

    प्रतिकृया दिनुहोस्