News Portal

  • मेगा बैंकले बीमा बापत भुक्तानी ७ लाख रुपैयाँ गर्यो

    आर्थीकसंसार संवाददाता९ चैत्र, २०७७
    ३८० पटक
    ९ चैत्र, २०७७

    काठमाडौं । मेगा बैंक नेपालले दुर्घटनामा परी ज्यान गुमाएका नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्र, कुश्मामा कार्यरत भोलाराम शर्माका परिवारलाई बीमा बापत सात लाख रुपैयाँ प्रदान गरेको छ ।
    मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’ खोलेका दिवंगत कर्मचारी शर्माका परिवारलाई मेगा बैंकले सोही खाताको बीमा बापतको रकम सात लाख रुपैयाँ प्रदान गरेको हो । कर्मचारी शर्माको विद्युत लाइन मर्मतका क्रममा २०७७ भदौ २९ गते मृत्यु भएको थियो । मेगा बैंक गण्डकी प्रदेश प्रमुख ज्ञानेन्द्र पन्त, कुश्मा शाखाका प्रबन्धक केशब आचार्यलगायतले कर्मचारी शर्माकी पत्नी यामकला ढकाललाई बीमा बापतको रकम हस्तान्तरण गरेका हुन् ।
    न्यूनतम एक हजार रुपैयाँ मौज्दातमा खोल्न सकिने ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’मा बैंकले हरेक खातावालाको ७ लाख रुपैयाँको दुर्घटना बीमा गरिदिएको मेगा बैंककी सिइओ अनुपमा खुञ्जेलीले बताइन् । यो खाता खोल्ने ग्राहकहरुलाई बिरामी पर्दा उपचारका लागि पनि ५० हजार रुपैयाँसम्मको व्यवस्था गरिएको छ ।

    प्रतिकृया दिनुहोस्