News Portal

  • अजोड इन्स्योरेन्स र आइएमई अटोमोटिभ्सबीच नगदरहित बीमा दाबीसहितको बीमा कारोबार गर्न द्विपक्षीय सम्झौता

    आर्थीकसंसार संवाददाता९ चैत्र, २०७७
    ११११ पटक
    ९ चैत्र, २०७७

    काठमाडौं । अजोड इन्स्योरेन्स लिमिटेड र आइएमई मोटर्स प्रा.लि तथा आइएमई अटोमोटिभ्स प्रा.लि.बीच नगदरहित बीमा दाबीसहितको बीमा कारोबार गर्न द्विपक्षीय सम्झौता भएको छ ।
    आइतबार आयोजित एक कार्यक्रमका बीच आइएमई मोटर्स प्रा.लि. तथा आइएमई अटोमोटिभ्स प्रा.लि.सँग सवारी साधनहरुको दुर्घटना बापत बीमा दाबी प्रक्रियामा नगदरहित बीमा दाबी (CASHLESS CLAIM) लाई सरल र प्रभावकारी बनाउन अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री र आइएमई मोटर्स प्रा.लि. र आइएमई अटोमोटिभ्स प्रा.लि.का नायब प्रमुख कार्यकारी अधिकृत सुरज भट्टराईले सहमतिपत्रमा हस्ताक्षर गरेको हो ।

    प्रतिकृया दिनुहोस्