News Portal

  • एनएमबी बैंकको क्यूआरकोड अब गैडाकोट एग्रोमार्टमा

    आर्थीकसंसार संवाददाता८ चैत्र, २०७७
    १४०४ पटक
    ८ चैत्र, २०७७

    काठमाडौं । एनएमबी बैंकको क्यूआर कोडमार्फत गैडाकोट एग्रोमार्ट प्रालिमा विद्युतीय भुक्तानी गर्न सकिने भएको छ । एनएमवि वैंक गैडाकोट शाखाबाट गैडाकोट एग्रोमार्ट प्रालिमा सञ्चालित मिनि मार्केट तथा हाटबजारमा अवस्थित व्यवसायीहरुलाई क्यूआर कोड हस्तान्तरण गरेसँगै अबदेखि विद्युतीय भुक्तानीमार्फत कारोबार गर्न सकिने भएको हो ।
    गैडाकोट नगरपालिका–४ का वडा अध्यक्ष कृष्णप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । प्रमुख अतिथि न्यौपानेले क्युआर कोडबाट व्यवसायीको खातामा रकम भुक्तानी गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।
    सो कार्यक्रममा एनएमबि वैंक गण्डकी प्रदेशका एरीया म्यानेजर अमृतराज वास्तोलाले मन्तव्य राख्दै क्यूआर कोडबाट कारोवार गर्दा हुने फाइदा र यसको विकासका लागि नेपाल राष्ट्र वैंकले ल्याएको नीतिको वारेमा बोल्दै देशको कुनाकाप्चामा पनि यसवाट कारोबार गर्नका लागि एनएमबि बैंकले पहल गरेको र यसवाट कारोबार गर्न आवश्यक पर्ने सहयोग गर्न बैंक सदैव तत्पर रहेको जानकारी दिए । सो कार्यक्रममा गैडाकोट एग्रोमार्ट प्रालिका अध्यक्ष शालिकराम घिमिरेले पैसाको प्रत्यक्ष कारोवार गर्दा हुने जोखिम र विद्युतीय कारोबारले यसलाई कम गर्न सक्ने बताए । उक्त कार्यक्रममा उपस्थित अतिथिहरुबाट ३७ वटा पसलका व्यापारीहरुलाई क्यूआर कोड वितरण गरिएको थियो । कार्यक्रममा गैडाकोट नगरपालिका–४ का वडासदस्य तेजप्रसाद घिमिरे, झपर्दि नमुना टोल विकास समितिका अध्यक्ष हर्कबहादुर भुजेलको पनि उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्