News Portal

  • कोहलपुरमा सम्पत्ति शुद्धीकरण निवारण तालिम सम्पन्न

    आर्थीकसंसार संवाददाता८ चैत्र, २०७७
    ७६१ पटक
    ८ चैत्र, २०७७

    काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले सातै प्रदेशमा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी तालिम प्रदान गर्दै आइरहेको छ । यसै सिलसिलामा मिति २०७७ चैत्र ६ गते शुक्रबार कोहलपुरमा सो सम्बन्धी तालिम सम्पन्न गरेको छ । कोहलपुरको होटल म्याक्समा सम्पन्न उक्त तालिम कार्यक्रममा कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र साविक राप्ति अञ्चलअन्तर्गतका २२ जना प्रमुखको सहभागिता रहेको थियो । आपराधिक क्रियाकलाप र गैरकानुनी काम गरी आर्जन गरेको रकम बैंक र बीमाको माध्यमले शुद्धीकरण गर्ने गरिएको छ । यस्तो कार्यलाई निरुत्साहित र निवारण गर्न कर्मचारीहरूलाई यससम्बन्धी कानुनी व्यवस्था, शुद्धीकरणका प्रयास, रिपोर्टिङको तरिका र निवारणका प्रक्रिया बारेमा कम्पनीले तालिम प्रदान गरेको हो । कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक श्रीमती सपना खरेलले सम्पत्ति शुद्धीकरणसम्बन्धी उक्त तालिम प्रदान गर्नुभएको थियो ।
    दुईदिने उक्त तालिम कार्यक्रमको पहिलो दिन चैत्र ५ गते कार्यालय प्रमुखहरूलाई नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले बीमाका प्रोडक्टहरू बारेमा र मार्केटिङ्ग प्रमुख प्रशान्तराज धमलाले बजार व्यवस्थापनका तरिकाहरू बारेमा तालिम प्रदान गरेको कुरा प्रमुख कार्यकारी अधिकृत भट्टराईद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

    प्रतिकृया दिनुहोस्