News Portal

  • नेपाल बैंकको शाखा दैलेखको नारायण नगरपालिकामा

    आर्थीकसंसार संवाददाता७ चैत्र, २०७७
    ८६२ पटक
    ७ चैत्र, २०७७

    काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो २०५औं शाखा दैलेख जिल्ला नारायण नगरपालिका–१ दैलेख बजारमा स्थापना गरेको छ । चैत ४ गते बुधवार नेपाल बैंक लिमिटेडका सञ्चालक समिति अध्यक्ष मधुकुमार मरासिनी र नारायण नगरपालिका प्रमुख रत्नबहादुर खड्काले संयुक्त रुपमा ताम्रापत्र अनावरण गरी शाखा समुद्घाटन गरेका हुन् ।
    कार्यक्रमका प्रमुख अतिथि मधुकुमार मरासिनीले दैलेख जिल्लामा प्रतिष्पर्धात्मक माध्यमबाट सुलभ र सहज बैकिङ्ग सेवा दिने गरी नेपाल बैंक लिमिटेड आएकाले यसले दैलेखबासीलाई समृद्ध बनाउन भूमिका खेल्ने धारणा राखेका थिए ।
    नगर प्रमुख रत्नबहादुर खड्काले बिगतमा दैलेख जिल्लामा खोलिएको नेपाल बैंक लिमिटेडलाई दैलेखबासीले स्मरण गरिरहेकाले आज सञ्चालनमा आएको दैलेख शाखाबाट दिगो बैंकिङ्गको अपेक्षा रहेको धारणा राखे ।
    नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले वक्ताहरुबाट उठाइएका जिज्ञासाको बारेमा स्पष्ट पार्दै बैंकको विशिष्ट प्रकृतिका प्रडक्टहरु रहेका र सोलाई प्रयोग गरी बैंकसँग साझेदारी गर्न ग्राहकवर्गलाई अनुरोध गरेका थिए । उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेड, कर्णाली तथा सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख बाबुराम काफ्लेको समेत उपस्थिति रहेको थियो । वीरेन्द्रनगर शाखाका शाखा प्रवन्धक गणेश केसीले कार्यक्रमको सञ्चालन गरेको कार्यक्रममा प्रादेशिक कार्यालयका प्रवन्धक धर्मराज कोईरालाले स्वागत मन्तब्य राखेको थिए ।
    समाहरोह सीईओ अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । नगरपालिका प्रमुख रत्नबहादुर खड्का र दैलेख जिल्ला उध्योग बाणिज्य संघका अध्यक्ष कुलबहादुर बिक बिशिष्ट अतिथि रहेका थिए भने समाहरोहमा जनप्रतिनिधि, व्यापारी÷ग्राहक, जिल्लामा रहेका सरकारी कार्यालयका प्रमुख, शिक्षक तथा जेष्ठ नागरिकको उपस्थिति रहेको थियो ।

    प्रतिकृया दिनुहोस्