News Portal

  • मुक्तिनाथ बैंकको ‘होली सप्ताह अफर’ ल्यायो

    आर्थीकसंसार संवाददाता७ चैत्र, २०७७
    ७११ पटक
    ७ चैत्र, २०७७

    काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले फागू पूर्णीमाको अवसरमा ‘होली सप्ताह अफर’ ल्याएको छ । यस अफरअन्तर्गत चैत्र ६ गतेदेखि चैत्र १३ गतेभित्र मुक्तिनाथ बैंकको सामान्य बचत खाता खोलेमा १ सय रुपैयाँमा नै मुक्तिनाथ भिसा डेबिट कार्ड पाउन सकिनेछ ।
    यसका लागि ग्राहकले डेबिट कार्डको लागि फारम वा आवेदन पनि सो समयभित्र दिइसक्निु पर्नेछ । साथै ग्राहकले खाता खोलेको मितिदेखि ३ महिनासम्म मुक्तिनाथ मोबाइल बैंकिङ्गको सुविधा निःशुल्क लिन सक्नेछन् । यस होली सप्ताह अफरसँगै ग्राहकले चाहेमा निःशुल्क डिम्याट खाता पनि बैंकमार्फत खोल्न सक्नेछन् ।
    बचत र डिजिटल कारोबारको प्रोत्साहन गर्न बैंकले यो अफर ल्याएको हो । विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्कअन्तर्गतको जुन सुकै बैंकको एटीएमबाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसैगरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने बैंकले व्यवस्था गरेको छ ।

    प्रतिकृया दिनुहोस्