काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको प्रस्तावित ३.६८४२ प्रतिशत लाभांश पारित भएको छ । चैत ५ गते काठमाडौंमा सम्पन्न संस्थाको नवौं वार्षिक साधारण सभाले उक्त प्रस्तावलाई पारित गरेको हो ।
योसँगै सेयरधनीले गत आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट ३.५ प्रतिशत बोनस र ०.१८४२ प्रतिशत नगद गरी ३.६८४२ प्रतिशत लाभांश पाउने छन् ।
त्यस्तै, सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट संस्थाको सञ्चालकमा सुनिता आचार्य निर्विरोध निर्वाचित गरेको छ । सभाले आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरु पारित गरेको छ । यस वित्तीय संस्थाले हालसम्म ५५ वटा शाखा कार्यालयहरुमार्फत २९ वटा जिल्लाहरुमा ४४ हजार भन्दा बढी सदस्यलाई लघुवित्तीय सेवा प्रदान गर्दै करिब ५४ करोड ४८ लाख रुपैयाँ बचत संकलन गरी करिब २ अर्ब ४ करोड रुपैयाँ लगानी गरेको छ । साथै, निकट भविष्यमा थप स्थानहरुमा समेत आफ्ना सेवाहरु विस्तार गर्ने लक्ष्य लिएको छ ।
सिभिल लघुवित्तको सञ्चालकमा सुनिता आचार्य निर्वाचित
आर्थीकसंसार संवाददाता६ चैत्र, २०७७
६ चैत्र, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान