News Portal

  • नबिल बैंकले साउनमा ऋणीलाई ०.२५ प्रतिशत छुट दियो

    आर्थीकसंसार संवाददाता०१ भदौ, २०७७
    ५२१ पटक
    ०१ भदौ, २०७७

    काठमाडौं । नबिल बैंक लिमिटेडले ऋणीलाई शुन्य दशकलव २५ प्रतिशत छुट दिएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीबाट ऋणीहरु समस्यामा परेपछि बैंकले शुन्य दशमलव २५ प्रतिशत छुट दिएको हो ।
    ग्राहक मैत्री पहिचान बनाएको नबिल बैंकले साउनमा सबै ऋणी ग्राहकहरूलाई शुन्य दशमलब २५ प्रतिशत ब्याज दर घटाएको बैंकले जनाएको छ । यस्तो छुट खराब कर्जाका ऋणीले प्राप्त गर्ने छैनन । बैंकको यो प्रयासले ऋणीलाई राहत हुनेछ ।
    बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भन्नुभयो, ‘नबिल बैंकबाट ऋण लिएका व्यक्ति र संस्थागत ग्राहकहरूले भोग्नुपरेको निरन्तर कठिनाइलाई ध्यानमा राख्दै हामीले हाम्रा सबै ऋणीलाई लाग्ने ब्याज दरमा शुन्य दशमलब २५ प्रतिशत छुट दिएका छौं । कुनै व्यक्तिको अटो वा होम लोन छ, वा कम्पनीले लिएको हाइड्रो ऋण छ वा बीचमा अन्य कुनै ऋण लिएको छ भने उसले यो सुविधा पाउने छ । तर, खराब ऋणीको सूचीमा रहेको वा समयमै ऋण चुक्ता नगरेको ऋणीले यो सुविधा पाउँदैनन् ।’
    हालै मात्र कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा निजी क्षेत्रका सबै भन्दा बढी रकम रु. ६ करोड हस्तान्तरण गरेको बैंकले आफ्नो दीर्घकालीन योजनामा सातै प्रदेशमा नबिल सरुवा रोग रोकथाम, नियन्त्रण तथा सहयोग केन्द्रका लागि अस्पताल निर्माण तथा उपचारमा सहयोग गर्न अघि बढ्ने योजनासमेत बनाएको छ । नबिल बैंकको ११९ शाखा, १८५ एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरु रहेको बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्