News Portal

  • सिभिल बैंकको क्युआर कोड सेवा धनगढीको दैनिक कृषि उपज हाट बजारमा

    आर्थीकसंसार संवाददाता५ चैत्र, २०७७
    ५८१ पटक
    ५ चैत्र, २०७७

    काठमाडौं । सिभिल बैंकले नगदरहित अभियानलाई निरन्तरता दिँदै धनगढीको दैनिक कृषि उपज हाट बजारका विभिन्न व्यापारीहरुलाई क्युआर कोड वितरण गरेको छ । बैंकले उक्त बजारका विभिन्न व्यापारीहरुलाई क्युआर कोड वितरण गरी नगदरहित अभियानलाई प्रोतसाहन गरेको छ ।
    सो कार्यक्रममा प्रमुख अतिथि नेपाल राष्ट्र बैंक धनगढीका प्रमुख निर्देशक सुवास चन्द्र घिमिरे, उक्त बजार व्यवस्थापन समितिका अध्यक्ष पदमबहादुर चन्द, सिभिल बैंकका सुदूरपश्चम प्रदेशका प्रमुख दिपक जोशी, शाखा प्रबन्धक संजोग भट्टलगायत सो क्षेत्रका व्यवसायीहरु, गन्यमान्य व्यक्ति तथा सर्वसाधरणको बाक्लो उपस्थिति थियो ।
    सो कार्यक्रमको उद्घाटनमा बोल्दै प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंक धनगढीका प्रमुख निर्देशक सुवास चन्द्र घिमिरेले हाल विद्यमान कोरोनाको महामारीमा आफूलाई जोगाउन मात्र नभई नोट छपाई गर्दा खर्च हुने तथा विदेशीने मुद्रा बचाउन र सबै नेपालीको बैंक खाता भन्ने अभियानलाई समेत आत्मसात गर्न पनि नगदरहित अभियान अपरिहार्य कुरा भएको बताए ।
    बैंकले आफ्नो ग्राहकहरुलाई क्युआर कोडको प्रयोग गरी विद्युत्तीय प्रणालीमार्फत विभिन्न किसिमका नगदरहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्दै आएकोमा यसरी नै विभिन्न व्यापार व्यवसायहरुमा क्युआर कोडलाई अझ सशक्त रुपमा देशव्यापी रुपमा लैजाने र आगामी दिनहरुमा पनि यस्तै खालको सेवाहरु ल्याउँदै जाने कुरा बैंकका सुदूरपश्चम प्रदेशका प्रमुख दिपक जोशीले बताए ।
    पाँच लाखभन्दा बढी ग्राहकहरुलाई ११४ शाखाहरु तथा ७ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गरिरहेको सिभिल बैंकले करिब ८१ अर्वभन्दा बढी निक्षेप परिचालन गरी ७५ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।

    प्रतिकृया दिनुहोस्