News Portal

  • ग्लोबल बैंकले बोधि होल्डिङ्गका ग्राहकलाई सहुलियत ब्याजदरमा आवासीय घर कर्जा दिने

    आर्थीकसंसार संवाददाता५ चैत्र, २०७७
    ४८१ पटक
    ५ चैत्र, २०७७

    काठमाडौं । ग्लोबल आइएमई बैंकले बोधि होल्डिङ्गका ग्राहकलाई सहुलियत ब्याजदरमा आवासिय घर कर्जा दिने भएको छ । बैंक र बोधि होल्डिङ्गकाबीच बुधबार यस्तो सेवा प्रवाह गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
    समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र बोधि होल्डिङका अध्यक्ष जलेश्वर पाण्डेले हस्ताक्षर गरेका छन् ।
    सो समझदारीअनुसार बैंकले बोधि होल्डिङ्ग प्रालिले ओमसतिया ४, भैरहवा, रुपन्देहीमा निर्माण गर्ने आवासीय घर निर्माण परियोजनामार्फत घर÷जग्गा खरिद गर्न चाहने नेपाली नागरिकहरुलाई सहज रुपमा सहुुलियत ब्याजदरमा घर कर्जा प्रवाह गर्नेछ । यसका साथै ग्लोबल आइएमई बैंक, बोधि होल्डिङ्ग प्रालिले निर्माण गर्ने परियोजनाको बैंकिङ्ग पार्टनरको रुपमा पनि रहने छ ।
    आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ । ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले देशभर ७५ जिल्लामा बैंकको २७० शाखा, २४२ एटीएम, २५५ शाखारहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २२ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस्