काठमाडौं । माछापुच्छ्रे बैंकले बाँके जिल्लाको नेपालगञ्जमै पहिलोपटक औपचारिक कार्यक्रम गरेर एकैदिन ४ स्थानमा क्युआर कोड सेवा सुरुवात गरेको छ ।
बाँके जिल्लालाई स्मार्ट बनाउने उद्देश्यले माछापुच्छ्रे बैंकले एकैदिन नेपालगञ्जमा रहेको सनराईज यातायात, नेपालगञ्जकै न्यूरोडमा रहेको हङ्गकङ्ग बजार तथा रानी तलाउमा रहेको कृषि उपज बजार समिति र कोहलपुरमा रहेको कृषि बजार व्यवस्थापन समितिअन्तर्गत सञ्चालनमा रहेका तरकारी तथा फलफुल पसलहरुमा क्युआर कोड हस्तान्तरण गरेको हो ।
बुधबार आयोजित छुट्टाछुट्टै अपौचारिक कार्यक्रममार्फत नेपाल राष्ट्र बैंक, नेपालगञ्जका निर्देशक गोविन्दप्रसाद नागिलाले ती स्थानमा क्युआर कोड सेवाको सुरुवात गरेका हुन् ।
उक्त क्युआर कोड सेवा सुरु भएसँगै नेपालगञ्जबाट दाङ्ग, धनगढी, बर्दिया रुटमा चल्ने सनराईज यातायातमा यात्रा गर्ने यात्रुले आफुले तिर्नुपर्ने गाडी भाडा क्युआर कोड प्रयोग गरी सिधै आफ्नो बैंक खाताबाट भुक्तानी गर्न सक्नेछन् भने नेपालगञ्जकै न्यूरोडमा रहेको हङ्गकङ्ग बजार, रानी तलाउमा रहेको कृषि उपज बजार तथा कोहलपुरमा रहेको कृषि बजारमा आफुले खरिद गरेका दैनिक उपभोग्य बस्तु जस्तै तरकारी, फलफुल तथा लत्ताकपडाहरुको रकम समेत क्युआर कोडबाट भुक्तानी गर्न सक्नेछन् ।
आफुले प्रयोग गरेको वस्तु तथा सेवाको आफ्नै बैंक खातामार्फत डिजिटल्ली भुक्तानी गर्दा ग्राहकको साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानीको विकास हुने, व्यापारीलाई हरेक दिन आफुले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानुनपर्नेलगायतका थुपै सुविधाहरुको कारणले गर्दा क्युआर कोड सेवाको पछिल्लो समय सवै वर्ग र क्षेत्रमा आकर्षण बढ्दै गएको छ ।
बैंकले हालै मात्र नेपाली कमर्शीयल बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोबाईल वालेट रेमिट्याप सञ्चालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरुजस्तै मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईनमार्फत खाता एवं मुद्धती खाता खोल्नेलगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।
माछापुच्छ्रे बैंकले बाँकेलाई स्मार्ट बनाउँदै
आर्थीकसंसार संवाददाता
- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने