News Portal

  • मुक्तिनाथ विकास बैंकका ग्राहकले दृष्टि आई केयरको सेवामा विशेष छुट पाउने

    आर्थीकसंसार संवाददाता३ चैत्र, २०७७
    २०७५ पटक
    ३ चैत्र, २०७७

    काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले दृष्टि आई केयर सिस्टमको सेवामा विशेष छुट पाउने भएका छन् । बैंकले आफ्ना भिषा डेबिट कार्डवाहक ग्राहकलाई थप सेवा दिन दृष्टि आई केयर सिस्टमसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको हो ।
    यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डबाहक ग्राहकहरुले दृष्टि आई केयर सिस्टमबाट ओपीडी, विभिन्न शल्यक्रिया तथा अन्य सेवाहरुमा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । दृष्टि आई केयर सिस्टमका शाखाहरु बट्टार, टोखा, कलंकी, जमल, चाबहिल, नयाँ बानेश्वर, झापा र वीरगञ्जमा रहेका छन् ।
    विकास बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिसा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसैगरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा आदिजस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।

    प्रतिकृया दिनुहोस्