News Portal

  • बीओकेको सञ्चालकमा तीन जना निर्वाचित

    आर्थीकसंसार संवाददाता३ चैत्र, २०७७
    ७८१ पटक
    ३ चैत्र, २०७७

    काठमाडौं । बैंक अफ काठमाण्डूको सञ्चालक समितिमा तीन जना निर्वाचित भएका छन् । सम्पन्न बैंकको विशेष साधारणसभाले कम्पनीको सञ्चालक समितिमा थप तीन जनालाई निर्वाचित गरेको हो ।
    सभाले गोबिन्दप्रसाद शर्मा, अमृता उप्रेती र मदनलाल जोशीलाई सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने गरी सञ्चालक समितिमा निर्बिरोध निर्वाचित गरेको हो । सो सभा सञ्चालक समितिका अध्यक्ष प्रकाश श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।
    बैंकले हाल ९० शाखा कार्यालय, ७८ एटीएम र १० एक्स्टेन्सन काउन्टरमार्फत आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्