News Portal

  • राष्ट्रिय वाणिज्य बैंकले व्यवसायिक कर्जाको अधिकतम प्रिमियम दर घटायो

    आर्थीकसंसार संवाददाता३ चैत्र, २०७७
    १९०५ पटक
    ३ चैत्र, २०७७

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले २०७७ चैत्र १ गतेबाट लागू हुने गरी सम्पूर्ण व्यवसायिक चालु पुँजी कर्जाको अधिकतम प्रिमियम दर ०.५० प्रतिशतले घटाएको छ ।
    बैंकले नयाँ तथा पुराना ग्राहकहरुको लागि व्यवसायिक कर्जामा रहेको ३.२५ प्रतिशत अधिकतम प्रिमियम दर घटाई २.७५ प्रतिशत मात्रै हुने गरी तोकेको हो । बैंकले हाइपोथिकेशन, ओभरड्राफ्ट, डिमाण्ड लोन, चालु पुँजी जस्ता व्यवसायिक कर्जा प्रवाह गरिरहेको छ । बैंकले निक्षेपमा दिने ब्याजदर बृद्धि गरेको छ । बैंकको ७७ वटै जिल्लामा २ वटा ४७ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९८ वटा शाखारहित बैंकिङ्ग रहेको छ ।

    प्रतिकृया दिनुहोस्