News Portal

  • सिन्धु बैंकको डीसीईओमा रामकुमार गिरी नियुक्त

    आर्थीकसंसार संवाददाता२ चैत्र, २०७७
    ७६१ पटक
    २ चैत्र, २०७७

    काठमाडौं । सिन्धु विकास बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा रामकुमार गिरीलाई नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले चैत २ गतेदेखि लागू हुने गरी बैंकको डीसीईओ पदमा गिरीलाई नियुक्त गरेको हो ।
    नवनियुक्त डीसीईओ गिरीसँग बैंकिङ्ग क्षेत्रमा २१ वर्षभन्दा बढी कार्य गरेको अनुभव छ । उनले नेपाल बंगलादेश बैंक, सनराईज बैंकलगायत कम्युनिटी डेभलपमेण्ट बैंकमा प्रमुख कार्यकारी अधिकृत तथा एक्सेल डेभलपमेण्ट बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा काम गरिसकेका छन् । आगामी दिनमा उनको योग्यता तथा कार्य अनुभवले यस बैंकलाई अझ प्रगति तथा उच्च स्थानमा पुर्याउन सक्ने अपेक्षा लिएको छ । बैंकमा कर्मचारी सञ्चय कोषलगायत यसै बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत तथा अनुभवि र व्यवसायिक व्यक्तित्वको सञ्चालक समिति रहेको छ ।

    प्रतिकृया दिनुहोस्