News Portal

  • डा. नवराज लम्साल ‘महालक्ष्मी साहित्यिक पुरस्कार–२०७७’ द्वारा सम्मानित

    आर्थीकसंसार संवाददाता१ चैत्र, २०७७
    ९९६ पटक
    १ चैत्र, २०७७

    काठमाडौं । महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी साहित्यिक पुरस्कार–२०७७’ द्वारा डा. नवराज लम्साललाई सम्मानित गरेको छ ।
    बैकले मातृभूमि साहित्य समाजसँग समन्वय गरी वार्षिक रुपमा प्रदान गर्दै आइरहेको महालक्ष्मी साहित्यिक पुरस्कार–२०७७ द्वारा शनिबार लम्साललाई सम्मानित गरेको हो । ५१ हजार राशिको सो पुरस्कार बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत जलजकुमार अधिकारीले सम्मानपत्रका साथ डा. लम्साललाई प्रदान गरेका थिए ।
    साहित्यकार डा. लम्सालले खण्डकाव्य, महाकाव्य लेखन र राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा कवि तथा गजलकार उत्पादनमा पुर्याएको योगदानको कदरस्वरुप बैंकले उनलाई उक्त पुरस्कारबाट सम्मान गरेको बैंकले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्