आर्थीकसंसार संवाददाता१ चैत्र, २०७७
![](https://aarthiksansar.com/wp-content/themes/aarthiksansar/images/1px.gif)
काठमाडौं । महालक्ष्मी विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा बोधराज देवकोटा नियुक्त भएका छन् । उनलाई बैंकको सञ्चालक समिति बैठकले सीईओमा नियुक्त गरेको हो ।
दुई दशकदेखि बैंकिङ क्षेत्रमा अनुभव लिइसकेका देवकोटा यसअघि सिटिजन्स बैंकको नायव प्रमुख अधिकृतका रुपमा कार्यरत थिए । एक महिना अगाडि मात्रै उनले सिटिजन्स बैंक छाडेका थिए ।