News Portal

  • ग्रिन डेभलपमेन्ट बैंकको चैत १७ गते बुक क्लोज

    आर्थीकसंसार संवाददाता१ चैत्र, २०७७
    ४२१ पटक
    १ चैत्र, २०७७

    काठमाडौं । ग्रिन डेभलपमेन्ट बैंकको आगामी चैत १७ गते बुक क्लोज हुने भएको छ । वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि कम्पनीको उक्त एकदिन बुक क्लोज हुन लागेको हो ।
    फागुन २८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बैठकले कम्पनीको आठौं वार्षिक साधारणसभा आगामी चैत २८ गते शनिबार बस्दै छ । यससँगै चैत १७ गतेसम्म कायम सेयरधनीले प्रस्तावित ५.१० प्रतिशत लाभांश तथा सभामा भाग लिन पाउने छन् । गत आवको नाफाबाट सेयधरनीलाई ४.८४५ प्रतिशत बोनस र ०.२५५ प्रतिशत नगद गरी कूल ५.१० प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । हाल संस्थाको चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको छ । ४.८४५ प्रतिशत बोनसपछि संस्थाको चुक्ता पुँजी ५२ करोड ४२ लाख रुपैयाँ पुग्ने छ ।

    प्रतिकृया दिनुहोस्