News Portal

  • विराटनगर मेडिकल कलेज रुटमा कुद्ने रिक्सामा अनलाइनबाटै भुक्तानी गर्न मिल्ने

    आर्थीकसंसार संवाददाता२८ फागुन, २०७७
    ७९० पटक
    २८ फागुन, २०७७

    विराटनगर । विराटनगर नोबेल मेडिकल कलेज रुटमा कुद्ने अटो रिक्सामा अनलाइनबाटै भुक्तानी गर्न मिल्ने भएको छ । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैङ्कले अटो चालकलाई क्युआर कोड उपलब्ध गराएपछि अनलाइनबाटै भुक्तानी गर्न मिल्ने भएको हो ।
    शुक्रबार राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले क्यूआर कोड हस्तान्तरण गरेका हुन् । नगदरहित कारोबार सुरु भएको बताउँदै उनले नोट कम चलाएर डिजिटल कारोबार गर्न आग्रहसमेत गरे । यससँगै केएन अटो यातायात प्रालिमा आबद्ध अटोमा क्युआर कोडमार्फत भुक्तानी हुनेछ ।

    प्रतिकृया दिनुहोस्