News Portal

  • मेगा बैंकको तयारी पोशाक उत्पादकलाई आकर्षक कर्जा सुविधा दिने

    आर्थीकसंसार संवाददाता
    ७९३ पटक

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघमा आबद्ध व्यवसायीलाई आकर्षक कर्जा सुविधा दिने भएको छ । मेगा बैंक र नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघबीच भएको सम्झौताअनुसार, मेगा बैंकले संघमा आबद्ध सबै ब्यवसायीहरुलाई आकर्षक ब्याजदरमा ऋण सुविधा दिने सहमति भएको हो ।
    बैंकले नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि तथा बैंकको कर्जा नीतिबमोजिम व्यवसाय सञ्चालनका लागि आवश्यक अन्य कर्जा पनि उपलब्ध गराउने भएको छ । यो सम्झौतापछि नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघमा आबद्ध व्यवसायीलाई आफ्नो व्यावसाय प्रबद्र्धन गर्न मद्दत मिल्ने मेगा बैंकले विश्वास लिएको छ । मेगा बैंकका २ सय ४ वटै शाखा कार्यालयमार्फत व्यवसायीले यो कर्जा सुविधा लिन सक्नेछन् ।

    प्रतिकृया दिनुहोस्