काठमाडौं । बैंक अफ काठमाण्डूले डिजिटल कारोबार विस्तारित गर्न विभिन्न बस सेवामा क्यूआर कोड सेवा सुरु गरेको छ । बैंकले पूर्वी नेपाल यातायात, कंकाई माई पाथीभरा यातायात र सुपर जनसेवा यातायात समितिद्वारा सञ्चालित २२ वटा बसहरुमा भाडा संकलनार्थ क्यूआर कोडको सेवा सुरु गरेको हो ।
फागुन २८ गते भएको उक्त कार्यक्रममा बैंक अफ काठमाण्डूको प्रदेश नं. १ को प्रादेशीक कार्यालय प्रमुख रवि काफ्लेले सम्बन्धित यातायात समितिका प्रतिनिधिलाई क्यूआर कोड हस्तान्तरण गरेका हुन् । यस सेवाको शुभारम्भसँगै पूर्वी नेपाल यातायातमा काँकडभीट्टा, बिर्तामोड, दमक, उर्लाबारी, बेलबारी, बिरोटचोक देखी ईटहरी हुँदै विराटनगर र धरानसम्म यात्रा गर्ने ग्राहकले बसमा राखिएको बैंक अफ काठमाण्डूले हस्तान्तरण गरेको क्यूआर कोडलाई स्क्यान गरी बस भाडा भुक्तानी गर्न सक्नेछन् ।
साथै, कंकाई माई पाथीभरा यातायातद्वारा सञ्चालित सातवटा बसहरुले काँकडभिट्टा, बिर्तामोड, दमक, उर्लाबारी, बेलबारी, बिरोटचोक देखी ईटहरी हुँदै विराटनगर र धरानसम्म बस सेवाको सुविधा दिइरहेकामा अब उपरान्त यस बस सेवा प्रयोग गर्ने सबै ग्राहकले क्युआर कोड स्क्यान गरी डिजिटल तवरले भाडा भुक्तानी गर्न सक्नेछन् ।
साथै, यस बैंकद्वारा राखिएको क्यूआर कोड छोटो दुरीको यातायात सेवाहरुमा काँकडभीट्टा, बिर्तामोड, दमक, उर्लाबारी, बेलबारी, बिरोटचोक देखी ईटहरी हुदै बिराटनगर र धरानसम्म सञ्चालित हुने सुपर जनसेवा यातायात समितिका ५ बसहरुमा क्यूआर कोड स्क्यान गरी डिजिटल तवरले भाडा भुक्तानी गर्न सकिनेछ । सेवाग्राहीले टिकट काउन्टरमा टिकट दर्ता गरी भुक्तानी गर्दा वा सिधै बसमा नै भाडा भुक्तानी गर्दा बैंकद्वारा हस्तान्तरण गरिएको क्युआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्नेछन् ।
बैंकले हालसम्म ९० शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरहरुबाट आफ्ना ग्राहकलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ । यससँगै बैंक अफ काठमाण्डूले आफ्ना शाखा कार्यालयलाई परिचालन गरी देशका विभिन्न व्यापारिक तथा अन्य स्थानहरुमा क्यूआर कोड राखी डिजिटल कारोबारको लागी ग्राहकलाई उत्प्रेरित गरिरहेको छ ।
बीओकेको २२ वटा बसमा ‘क्यूआर कोड’ सुविधा सुरु
आर्थीकसंसार संवाददाता२९ फागुन, २०७७
२९ फागुन, २०७७- विधुतीय शवदाह गृह निर्माण गर्न ग्लोबल आइएमई बैंकको २० लाख सहयोग
- सानिमा रिलायन्स लाइफको बीमालेख पुनर्जागरण गर्दा शतप्रतिशत छुट पाइने
- एलआईसी नेपालको हकप्रद सेयर बिक्री खुला, कसले आवेदन दिन पाउँछ ?
- नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको ३ लाख बढी कित्ता शेयर बिक्रीमा
- स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?
- सिटिजन्स बैंकको सेयर १०२ रुपैयाँमै किन्ने मौका
- मेरो माइक्रोफाइनान्सको अध्यक्षमा पाण्डे र सञ्चालकमा मुलेपती नियुक्त
- नेपाल इन्भेष्टमेण्ट मेगा बैंकबाट एकैपटक ११ संस्थापक बाहिरिँदै
- नेपाल बैंकका कर्मचारी र ग्राहकले सिद्धि पोली प्याथ ल्याबमा १०% छुट पाउने, यस्ता छन् सेवाहरू
- कृषि विकास बैंक शाखा कार्यालय मेलम्चीद्वारा सहयोग हस्तान्तरण