News Portal

  • नागरिक लगानी कोषद्वारा आर्थिक सहयोग

    आर्थीकसंसार संवाददाता२६ फागुन, २०७७
    १००७ पटक
    २६ फागुन, २०७७

    काठमाडौं । नागरिक लगानी कोषले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत निःसहाय सेवा सदन जेष्ठ नागरिक आवाश गृहलाई २ लाख ५० हजार रुपैया आर्थिक सहयोग गरेको छ ।
    सो सहयोग रकमको चेक कोषका निमित्त कार्र्यकारी निर्देशक डा. ईन्द्रकुमार कट्टेलले निःसहाय सेवा सदनका उपाध्यक्ष करुणा गोविन्द श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । सो अवसरमा नि. कार्यकारी निर्देशक डा. कट्टेलले कोषले प्रदान गरेको रकमले वृद्धबृद्धाहरुलाई बुढेशकालमा आफुलाई आवश्यक पर्ने सामान खरिद गर्न सहयोग पुग्ने बताए । यो भन्दा अघि पनि कोषले संस्थागत सामाजिक उत्तरदायत्विअन्तर्गत सामाजिक कार्यमा सहयोग पुर्याउँदै आएको थियो । कार्यक्रममा कोषका तर्फबाट का.मु निर्देशकद्वय शोभा श्रेष्ठ सुवेदी र हेमन्त पोखरेल, उपनिर्देशक अमृतबहादुर अधिकारीलगायतका पदाधिकारी सहभागी थिए ।
    कोषले ३१औं वार्षिकोत्सवको अवसरमा सो सहयोग गरेको हो । कोषकोे ३१औ वार्षिकोत्सव आगामी ४ चैतमा रहेको छ । आवाश गृहमा आश्रित बृद्धबृद्धाहरुको आर्थिक जीवनयापनमा केही सहयोग पुर्याउने उद्देश्यले खाद्यान्न, लत्ताकपडालगायतका दैनिक आवश्यक पर्ने सामान खरीदको लागि सो रकम प्रदान गरिएको हो । सहयोग रकमबाट सेवा सदनमा रहेका ३५ जना लाभान्वित हुने अपेक्षा गरिएको छ ।

    प्रतिकृया दिनुहोस्