News Portal

  • ज्योति लाइफको आइपीओमा १८ लाखभन्दा बढीको आवेदन

    आर्थीकसंसार संवाददाता२६ फागुन, २०७७
    ९५४ पटक
    २६ फागुन, २०७७

    काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओमा अहिलेसम्मकै सर्वाधिक आवेदन परेको छ । कम्पनीले आजसम्म निष्काशन गरेको प्राथमिक शेयरमा १८ लाख ४ हजारभन्दा धेरैले आवेदन दिएका छन् ।
    कम्पनीको बिक्री प्रबन्धक एनएमबी क्यापिटलका अनुसार आज साँझ ५ बजेसम्ममा कम्पनीको आइपीओमा १८ लाख ४ हजार ६ सय ४८ जनाबाट ३ करोड ८० लाख ५७ हजार ७ सय १० कित्ताको लागि आवेदन दिएका हुन् । लगानीकर्ताले मागेभन्दा ६.४० गुणा बढीको आवेदन दिएका छन् । कम्पनीले मेरो शेयरको लोड व्यवस्थापनका लागि निर्धारित समयभन्दा दुई दिन अगाडि नै निष्काशन गरेको थियो ।
    कम्पनीले प्रति कित्ता १०० रुपैयाँको दरमा कुल ६६ लाख कित्ता आईपीओ निष्काशन गरेको थियो । कुल कित्तामध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुका लागि सुरक्षित गरिएको छ । बाँकी ५९ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका छन् । आईपीओ निष्काशनका लागि केयर रेटिङ नेपालले कम्पनीलाई केयर एनपी त्रिपल बी इस्यूअर रेटिङ प्रदान गरेको छ ।

    प्रतिकृया दिनुहोस्