News Portal

  • हिमालयन बैंकद्वारा मन्दिर पुनःस्थापनाका लागि १ करोड आर्थिक सहयोग

    आर्थीकसंसार संवाददाता२६ फागुन, २०७७
    १०३४ पटक
    २६ फागुन, २०७७

    काठमाडौं । पाटन दरबारको मन्दिर पुनःस्थापना गर्न हिमालयन बैंकले १ करोड सहयोग गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत पाटन दरबार क्षेत्रमा भएको पुरातात्विक महत्वको मन्दिर पुननिर्माणको लागि काठमाडौं भ्याली प्रिजर्भेसन ट्रष्टलाई १ करोड सहयोग गरेको हो ।
    बैंक सञ्चालक समितिका अध्यक्ष तुलसीप्रसाद गौतमले ट्रष्टका कन्ट्री प्रोग्राम डाइरेक्टर रोहितकुमार रन्जितकारलाई बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक समाहरोकाबीच सो सम्बन्धि चेक हस्तान्तरण गरे ।
    बैंकले आफ्नो स्थापना कालदेखि नै स्वास्थ्य, शिक्षा, प्राकृतिक विपत्तिमा परेकाहरु, संस्कृतिक सम्पदाहरुको संरक्षण र पुनस्र्थापना, वित्तीय साक्षरता, वातावरण संरक्षण, जनचेतना आदिजस्ता क्षेत्रमा सहयोग प्रदान गर्दै आइरहेको छ ।

    प्रतिकृया दिनुहोस्