News Portal

  • माछापुच्छ्रे बैंकको क्युआर कोड तथा वि च्याट पे सेवा लुम्बिनीमा

    आर्थीकसंसार संवाददाता२६ फागुन, २०७७
    ४५४ पटक
    २६ फागुन, २०७७

    काठमाडौं । माछापुच्छ्रे बैंकले लुम्बिनीमा क्युआर कोड सेवा तथा वि च्याट पे सुरु गरेको छ ।
    स्वदेश तथा विदेशबाट लुम्बिनीको भ्रमणमा आउने पर्यटकले लुम्बिनीको विकासको लागि प्रदान गर्ने आर्थिक सहयोग तथा मायादेवी मन्दिर प्रवेशमा लाग्ने शुल्क अब क्युआर कोडको माध्यमबाट भुक्तानी गर्न सक्नेछन् ।
    सो सेवा सञ्चालन भएपछि मायादेवी मन्दिर दर्शन गर्न जाने आन्तरिक पर्यटकले क्युआर कोड तथा बाह्य पर्यटक त्यसमा पनि विशेष गरी चाइनिज पर्यटकले वि च्याट पेको माध्यमबाट मन्दिर दर्शन शुल्क तथा आर्थिक सहयोग प्रदान गर्न सक्नेछन् ।
    स्थापनाकालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहक माझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले हालै मात्र नेपाली कमर्शीयल बैंकिङ्ग इतिहासमा पहिलोपटक आफ्नै मोवाईल वालेट रेमिट्याप सञ्चालनमा ल्याएको छ भने अन्य डिजिटल सेवाहरु जस्तै मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईनमार्फत खाता एवं मुद्धती खाता खोल्नेलगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।

    प्रतिकृया दिनुहोस्