News Portal

  • सेञ्चुरी बैंकको १०औं वार्षिकोत्सव सम्पन्न

    आर्थीकसंसार संवाददाता२६ फागुन, २०७७
    १०५३ पटक
    २६ फागुन, २०७७

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो १०औं वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ सम्पन्न गरेको छ ।
    १०औं वार्षिकोत्सवका अवसरमा बैंकको केन्द्रीय कार्यालय पुतलीसडकमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले १० वर्ष अघि सरल बैंकिङ्ग सबैका लागि भन्ने नाराका साथ स्थापित सेञ्चुरी बैंक ठूलो र मजबुद बैंकका रुपमा अघि बढिरहेको बताए ।
    श्रेष्ठले बैंकले दोहोरो अंकको वृद्धि गरी शेयरधनीलाई उच्च प्रतिफल, बैंकमा संस्थागत सुशासन कायम राख्ने र कर्मचारी, नियमनकारी निकायलगायत सबै सरोकारवालाहरुको रोजाइको बैंक बनाउने प्रतिवद्धता व्यक्त गरे ।
    सो कार्यक्रममा दश वर्षदेखि निरन्तर सेवा प्रदान गरी बैंकको समग्र विकासमा पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै बैंकका ५४ जना कर्मचारीहरुलाई सम्मानस्वरुप कदरपत्र प्रदान गरिएको थियो ।
    दशौं वार्षिकोत्सवको अवसरमा बैंकका अध्यक्ष श्रेष्ठले काठमाडौंको गौरीघाट र बालाजु शाखा अनलाईनमार्फत औपचारिकरुपमा उद्घाटन पनि गरे ।
    आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२२ शाखा १० एक्सटेन्सन काउन्टर, २३ शाखारहित बैंकिङ्ग र ८८ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । बैंकको चुक्ता पुँजी ९ अर्ब ३ करोड रहेको छ भने ८७ अर्ब ७० करोड निक्षेप परिचालन गरी ७३ अर्ब ८८ करोड ऋण प्रवाह गर्न सक्षम भएको छ ।
    संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकको विर्तामोड शाखाले नेपाल रेडक्रस सोसाईटी झापासँगको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम ७५ जनाले रक्तदान गरेका थिए । यस्तै बैंकले बानेश्वर शाखामार्फत निःसहाय सेवा केन्द्र मिनभवन काठमाडौं र बनेपा धुलिखेल शाखामार्फत उज्यालो महिला समाज बनेपालाई एकएक थान डेक्सटप कम्प्युटर हस्तान्तरण गरिएको छ । त्यसैगरी सुर्खेत शाखाले पाटन दरबार सुर्खेतमा मेटलस्टयाण्ड सहितको डस्टविन वितरण, दैलख शाखाले सरस्वती वृद्धाश्रम दैलेखमा मेटलस्टयाण्डसहितको डस्टविन वितरण गरेको छ । साथसाथै बैंकको चोरमारा शाखाले जनता माध्यामिक विद्यालय मध्यविन्दुका विद्यार्थीको सहज पठनपाठनका लागि ३५ वटा कुर्सी वितरण, विराटनगर शाखाले रात्री निम्न माध्यमिक विद्यालयका गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण, झुम्का शाखामार्फत पशुपति माध्यमिक विद्यालय रामधुनी सुनसरीमा ८ देखि १० कक्षासम्म अध्ययनरत विद्यार्थीलाई वित्तीय साक्षरता तथा विद्यालयमा खानेपानी व्यवस्थापनमा सहयोग प्रदान गरेको छ भने टिकापुर शाखाले स्थानीय ऐतिहासिक शिव मन्दिर सरसफाई तथा रङरोगन कार्य सम्पन्न गरेको छ ।

    प्रतिकृया दिनुहोस्