News Portal

  • ज्योति लाईफको आईपीओमा ३ अर्ब बढीको आवेदन

    आर्थीकसंसार संवाददाता२५ फागुन, २०७७
    ४०४ पटक
    २५ फागुन, २०७७

    काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले जारी गरेको आईपीओमा हालसम्ममा ३ अर्ब ३४ करोड ६७ लाख ५७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार आज (फागुन २५ गते) दिउँसो ४ः३० बजेसम्ममा १५ लाख ७० हजार ४१४ जनाले ३ करोड ३४ लाख ६७ हजार ५७० कित्ता सेयरको लागि आवेदन दिइसकेका छन् ।
    जुन कम्पनीले सर्वसाधारणमा माग गरेको भन्दा ५.६३ गुणा बढी आवेदन हो । कम्पनीले सर्वसाधारणमा ५९ लाख ४० हजार कित्ता माग गरेको थियो । यससँगै कम्पनीको आईपीओमा आवेदन दिने भोलि अर्थात फागुन २६ गते अन्तिम दिन रहेको छ ।
    कम्पनीले फागुन २१ गतेदेखि ६६ करोड रुपैयाँ बराबरको अर्थात अंकित मूल्य एक सय रुपैयाँको ६६ लाख कित्ता आईपीओ सर्वसाधारणमा निष्काशन गरेको हो । जसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३३ हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको छ । र, बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सेयरको लागि सर्वसाधारणले आवेदन दिन पाउने छन् ।
    फागुन २१ गतेदेखि निष्काशन हुने उक्त आईपीओमा इच्छुकले छिटोमा फागुन २६ गतेसम्म आवेदन दिन पाउने छन् । उनीहरुले न्यूनतम १० कित्तादेखि ६६ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था रहेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र ‘मेरो सेयर’मार्फत आवेदन दिन सक्नेछन् ।
    कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । त्यस्तै, आईपीओ निष्काशनका लागि केयर रेटिङ्ग नेपालले इन्स्योरेन्सलाई केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यमस्तरको सुरक्षित कम्पनी जनाउँछ ।
    हाल इन्स्योरेन्सको चुक्ता पुँजी एक अर्ब ५४ करोड रुपैयाँ छ । ६६ करोड रुपैयाँ बराबरको आईपीओ बाँडफाँड पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।
    कम्पनीले चालु आर्थिक वर्षको दोश्रो त्रैमास सम्ममा १ अर्ब ४४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्दै १० करोड ७८ लाख रुपैयाँ खुद नाफा गरेको छ । कम्पनीले जीवन बीमा कोषमा २ अर्ब ९१ करोड रुपैयाँ संचित छ भने जगेडा कोषमा ४८ करोड २४ लाख रुपैयाँ रहेको छ । कम्पनीको कुल लगानी ४ अर्ब १७ करोड रुपैयाँ रहेको छ भने प्रतिसेयर आम्दानी १४ रुपैयाँ छ ।

    प्रतिकृया दिनुहोस्