News Portal

  • नेपाल बैंक कर्मचारीको विज्ञापन आवेदन शुल्क खल्तीबाट भुक्तानी

    आर्थीकसंसार संवाददाता२५ फागुन, २०७७
    ११०१ पटक
    २५ फागुन, २०७७

    काठमाडौं । नेपाल बैंकले विभिन्न पदका लागि माग गरेको आवेदन अनलाइन भरी त्यसको शुल्क अब खल्ती डिजिटल वालेट एपबाट भुक्तानी गर्न सकिने भएको छ ।
    नेपाल बैंकले प्रकाशन गरेको विज्ञापनमा बैंकको वेवसाइटबाट अनलाईन आवेदन दिन सकिन्छ । अनलाइनमार्फत आवेदन फाराम भरेपछि शुल्क भुक्तानीको विकल्पमा खल्ती डिजिटल वालेट छनौट गर्नुपर्नेछ ।
    खल्ती छनौट गरेपछि आफ्नो युजरनेम र पासवर्ड हालेर लगइन गरेपछि तोकिएको शुल्क भुक्तानी गर्न सकिन्छ । नेपाल बैंकले विभिन्न पदमा कर्मचारीका लागि आवेदन आह्वान गरेको छ ।

    प्रतिकृया दिनुहोस्