News Portal

  • महालक्ष्मी लाईफद्वारा सम्पति शुद्धीकरण निवारण तालिम सम्पन्न

    आर्थीकसंसार संवाददाता२५ फागुन, २०७७
    १०५० पटक
    २५ फागुन, २०७७

    काठमाडौं । इन्स्योरेन्स लिमिटेडले सातै प्रदेशमा सम्पति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी तालिम प्रदान गर्दै आइरहेको छ । यसै सिलसिलामा मिति २०७७ फागुन २४ गते सोमबार इटहरीमा सो सम्बन्धी तालिम सम्पन्न गरेको छ । इटहरीको होटल गोर्खामा सम्पन्न उक्त तालिम कार्यक्रममा प्रदेश १ अन्तर्गतका ११ जना प्रमुखको सहभागिता रहेको थियो । आपराधिक क्रियाकलाप र गैरकानुनी काम गरी आर्जन गरेको रकम बैंक र बीमाको माध्यमले शुद्धीकरण गर्ने गरिएको छ । यस्तो कार्यलाई निरुत्साहित र निवारण गर्न कर्मचारीहरूलाई यससम्बन्धी कानुनी व्यवस्था, शुद्धीकरणका प्रयास, रिपोर्टिङको तरिका र निवारणका प्रक्रिया बारेमा कम्पनीले तालिम प्रदान गरेको हो । कम्पनीका वरिष्ठ सहायक महाप्रबन्धक श्रीमती सपना खरेलले सम्पति शुद्धीकरणसबन्धी उक्त तालिम प्रदान गर्नु भएको थियो ।
    तालिम कार्यक्रमको दोस्रो चरणमा कार्यालय प्रमुखहरूलाई नायव प्रमुख कार्यकारी अधिकृत कमल पन्थीले बीमाका प्रोडक्टहरू बारेमा र मार्केटिङ्ग प्रमुख प्रशान्तराज धमलाले बजार व्यवस्थापनका तरिकाहरू बारेमा तालिम प्रदान गर्नुभएको थियो । आउने चैत्र महिनामा नेपालगंज र पोखरामा यससम्बन्धी तालिम प्रदान गर्ने कार्यक्रम रहेको कुरा प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    प्रतिकृया दिनुहोस्