News Portal

  • मुक्तिनाथ बैंकका ग्राहकहरुलाई होटल सबरीनामा छुट

    आर्थीकसंसार संवाददाता२३ फागुन, २०७७
    ६८७ पटक
    २३ फागुन, २०७७

    काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले बुढानिलकण्ठस्थित होटल सबरीना विशेष छुट पाउने भएका छन् ।
    बैंकले आफ्ना भिषा डेविट कार्डबाहक ग्राहकहरुलाई विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी होटल सबरीना सम्झौता गरेको हो । यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक ग्राहकहरुले होटल सबरीनाबाट होटल बसाई, खाना, बेबरेज, बेकरी तथा सोनाको सेवा लिँदा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
    विकास बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिसा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकको एटिएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरेका छ । त्यसैगरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा आदिजस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था पनि बैंकले गरेको छ ।

    प्रतिकृया दिनुहोस्