काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले सिद्धार्थ ग्रुपमा छुट पाउने भएका छन् । मुक्तिनाथ विकास बैंकले आफ्ना भिषा डेविट कार्डबाहक ग्राहकलाई थप सेवा दिन सिद्धार्थ ग्रुप अफ विजनेश हस्पिटालिटीसँग विभिन्न सेवामा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।
यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक ग्राहकले सिद्धार्थ ग्रुप अफ विजनेश हस्पिटालिटीबाट सञ्चालित होटल तथा रेष्टुरेन्टहरुमा खाना तथा परिकारहरुमा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । साथै, रुम चार्जमा कर्पोरेट छुटको व्यवस्था पनि गरिएको छ । सिद्धार्थ ग्रुपका देशभर विभिन्न स्थानमा २१ वटा होटल, रिसोर्ट तथा रेष्टुरेन्ट सञ्चालित छन् ।
विकास बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न भिसा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकको एटीएमबाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको छ । त्यसैगरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा आदिजस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरिएको छ ।
मुक्तिनाथ बैंकका ग्राहकले सिद्धार्थ ग्रुपमा छुट पाउने
आर्थीकसंसार संवाददाता२१ फागुन, २०७७
२१ फागुन, २०७७- क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल
- बीमा दाबी भुक्तानी छिटोछरितो बनाउनुपर्ने
- गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्सले सुरु गर्यो क्यूआर टेलर
- एभरेष्ट बैंकद्वारा पकडी कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन
- कोशी प्रदेशस्थित जीवन बीमकका कर्मचारीलाई बीमा सम्बन्धी एक दिने तालिम प्रदान
- लुम्बिनी विकास बैंकले नेपाल रेडक्रस सोसाइटीलाई दियो प्रयोगशाला उपकरण
- आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने
- प्रभु बैंकमा दुई सञ्चालक नियुक्त
- हिमालयन लघुवित्तको नाफा ७३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?
- जीवन बीमाका लागि अभिकर्ता घरदैलो धाएपनि कृषि बीमाका लागि अभिकर्ता भेट्न मुश्किल भएको गुनासो