कठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) स्थापनाको तेस्रो वर्षमा प्रवेश भएको छ । सो अवसरमा बैंकले नेपाल स्नेही काखलाई तीन लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।
बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाल स्नेही काखलाई उक्त सहयोग गरेको हो । उक्त सहयोग रकम बराबरको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले नेपाल स्नेही काखका नेहा पोखरेललाई हस्तान्तरण गरेका हुन् ।
बैंकले प्रदान गरेको यो रकम उक्त संस्थाले बनाउन लागेको नयाँ आश्रय स्थलको पूर्वाधार निर्माणमा खर्च हुनेछ ।
मानसिक एवं शारीरिक रुपमा असक्त एवं समाजबाट अवहेलानामा परेका बालबालिका, युवायुवती, बृद्धबृद्धालगायतलाई शिक्षा, स्वास्थ्य, आवाससहित हेरचाह गर्ने उद्देश्य लिई स्थापना भएको नेपाल स्नेही काखमा हाल ६५ जनाले आश्रय लिई राखेका छन् । उक्त अवसरमा बैंकका नायब कार्यकारी अधिकृत भूपेन्द्र पाण्डे, नायब महाप्रबन्धक सूर्यबहादुर तामाङलगायतको उपस्थिति रहेको थियोे ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक तेस्रो वर्षमा प्रवेश
आर्थीकसंसार संवाददाता२१ फागुन, २०७७
२१ फागुन, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने