News Portal

  • प्रभु बैंकको पूर्वाञ्चल क्यान्सर अस्पतालमा काउण्टर सञ्चालन

    आर्थीकसंसार संवाददाता१८ फागुन, २०७७
    १८५७ पटक
    १८ फागुन, २०७७

    काठमाडौं । झापा जिल्ला विर्तामोड नगरपालिका–६ स्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा प्रभु बैंकले आज मिति २०७७ फागुन १८ गतेदेखि आप्mनो एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । पूर्वाञ्चल क्यान्सर अस्पताल परिसरमा आज दिउँसो २ः०० बजे प्रधानमन्त्री केपी शर्मा ओली र प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले एक समारोहका बीच प्रभु बैंक पूर्वाञ्चल क्यान्सर अस्पताल एक्स्टेन्सन काउण्टरको समुद्घाटन गर्नुभएको थियो ।
    नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ्ग कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको प्रभु बैंकले बिर्तामोड नगरपालिकाको पूर्वाञ्चल क्यान्सर अस्पतालमा पनि आप्mनो सेवा विस्तार गर्न सफल भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट सम्बन्धित पूर्वाञ्चल क्यान्सर अस्पतालमा आउने सेवाग्राहीहरुलाई रकम जम्मा गर्न र अस्पतालको काम गर्न सहज र सरल हुने भएको छ । प्रभु बैंकको एक्स्टेन्सन काउण्टरबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
    यस एक्स्टेन्सन काउण्टर सञ्चालनपश्चात अस्पतालको आर्थिक क्रियाकलाप बैंकिङ्ग प्रणालीमार्पmत हुने भई प्रशासनिक सहजता प्राप्त हुनेछ भन्ने बैंकले विश्वास लिएको छ । साथै, समाजसेवी भावनाले सामाजिक क्रियाकलापहरुलाई निरन्तरता दिएको यस बैंकले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित सेवाग्राहीहरुको सेवामा समेत उल्लेख्य योगदान पुर्याउने प्रण गरेकोछ । प्रभु बैंकले २१३ वटा शाखा कार्यालय, १८९ वटा एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर तथा २ वटा शाखारहित बैंकिङ्ग सेवामार्पmत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।

     

    प्रतिकृया दिनुहोस्