News Portal

  • ज्योति विकास बैंक र क्लक बी द्वारा EntrepreneuHER कार्यक्रम सम्पन्न

    आर्थीकसंसार संवाददाता१७ फागुन, २०७७
    १७७६ पटक
    १७ फागुन, २०७७

    काठमाडौं । ज्योति विकास बैंक र क्लक बी विजनेश इनोभेसनले संयुक्त रुपमा फागुन १६ गते आइतबार काठमाडौं लाजिम्पाटस्थित साङ्ग्रिला होटलमा महिला उद्यमशीलता विकाससम्बन्धी “EntrepreneuHER” नामक कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रमका प्रमुख अतिथि ज्योति विकास बैंकका सञ्चालक समितिका अध्यक्ष हरिप्रसाद, बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट र क्लक बी विजनेश इनोभेसनका प्रमुख कार्यकारी अधिकृत बिनय देवकोटाले संयुक्त रुपमा सो महिला उद्यमशीलता कार्यक्रमका उत्कृष्ट विजयी प्रतियोगीहरुलाई रु. पचास हजारको ‘सीड फन्ड’ र रू. दुई लाखको ‘इक्विटी इन्भेष्टमेण्ट फन्ड’ प्रदान गर्नुभएको थियो । EntrepreneuHER महिला उद्यमी र उद्यमीहरूका लागि उद्यमी शिक्षा र नेटवर्किङ कार्यक्रम हो ।
    एक महिना अघिबाट सञ्चालित यस EntrepreneuHER कार्यक्रममा सातै प्रदेशबाट २१७ जना महिलाहरुले अनलाईनमार्फत आवेदन दिएका थिए । सो आवेदनहरुबाट छनोट भएका ३५ जना आवेदकहरुलाई सीप विकाससम्बन्धी Workshop Session, Mentorship Session, Virtual Incubation Program र उद्यमशीलता क्षेत्रका विज्ञहरुबाट उनीहरुको उद्यमलाई अझ विस्तारित बनाउन तालिम प्रदान गरिएको थियो । तालिमको समाप्ति भएसँगै ३५ जना महिला उद्यमीहरुले आफ्नो उद्यमसम्बन्धी विस्तृत विजनेश प्लान प्रस्तुत गरेका थिए, जसमध्येबाट मूल्यांकन गरेर १० जना अन्तिम उम्मेदवार छनोट भएका थिए ।
    आइतबार आयोजित कार्यक्रमको अन्तिम दिनमा बैंक र क्लक बीका विभिन्न पदाधिकारीहरु, निर्णायक मण्डल, इन्भेस्टर र विभिन्न अतिथिहरुका माझ १० जना उम्मेदवारहरूले आफ्नो उद्यमको खाका र विस्तृत विजनेश प्लान प्रस्तुत गरेका थिए । सो प्रस्तुतिको आधारमा कार्यक्रमका निर्णायक मण्डलमा रहनु भएका पारसराज कँडेल, रामहरि आचार्य, बिनय देवकोटा, स्नेहा सिंह, ज्यास्मिन कर्माचार्य र नरोत्तम अर्यालले गर्नुभएको मूल्याङ्कनको आधारमा सृजना भुसाल (Learn Loksewa) र शैलजा कशजु (Tekka Toys) लाई विजेता छनोट गरिएको थियो । सृजना भुसालको लोकसेवा तयारी मोबाइल एप तथा शैलजा कसाजुको कृषिजन्य वस्तुबाट महिलाहरुको शिपलाई प्रवद्र्धन गर्दै बनाइने म्याट, पर्दा, ब्याग, मास्कजस्ता वस्तुलाई बजार प्रदान गर्ने इ–कमर्स साइटको प्रस्तावलाई निर्णायक मण्डलले विजेता घोषित गरेको हो ।
    सो कार्यक्रममा महिला उद्यमशीलतासम्बन्धी प्यानल डिस्कसन पनि रहेको थियो । प्यानालिस्टमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत श्रीचन्द्र भट्ट, विजनेश ३६० की प्रमुख सम्पादक चारु चड्डा, EURO School की निर्देशक शैलजा अधिकारी र FWEAN की नीरु रायमाझी खत्रीले महिला उद्यमशीलतासम्बन्धी आ–आफ्नो विचार प्रस्तुत गर्नुभएको थियो ।
    ज्योति विकास बैंकले विभिन्न क्षेत्रमा रहेका महिला उद्यमीहरु र महिला उद्यमशीलतालाई प्राथमिकतामा राखी कर्जा प्रवाह गरी व्यवसाय अघि बढाउनुका साथै उद्यमशीलतालाई विभिन्न माध्यमहरुबाट प्रवद्र्वन पनि गर्दै आइरहेको छ ।
    ज्योति विकास बैंकले हाल १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ६१ वटा एटीएममार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ । हालसम्म बैंकले ३ लाखभन्दा बढी खाताबाट करिब रु. ४६ अर्ब निक्षेप संकलन गरी २३ हजारभन्दा बढी ऋणीलाई करिब रु. ३७ अर्ब लगानी गर्न सफल भएको छ ।

    प्रतिकृया दिनुहोस्