काठमाडौं । मुक्तिनाथ विकास बैंकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ‘नारी विशेष अफर’ ल्याएको छ । यो अफर फागुन १६ देखि फागुन २३ गतेसम्म लागु हुनेछ ।
यस अफरअन्तर्गत ग्राहकले मुक्तिनाथ बैंकको महिला पेवा बचत खाता खोलेमा निःशुल्क मुक्तिनाथ भिसा डेबिट कार्ड पाउन सकिनेछ । साथै यस नारी विशेष अफरमा ग्राहकहरुले निःशुल्क डिम्याट खाता पनि बैंकमार्फत खोल्न सक्नेछन् । नारीलाई बचतमा प्रोत्साहन गर्न बैंकले यस्तो अफर ल्याएको जनाएको छ ।
विकास बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिसा नेटवर्कअन्तर्गतको जुनसुकै बैंकको एटिएमबाट बिना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
त्यसैगरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खातामै रेमिट्यान्स जम्मा आदिजस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था बैंकले गरेको छ ।
मुक्तिनाथ बैंकको ‘नारी विशेष अफर’, महिला पेवा बचत खाता खोल्दा डेबिट कार्ड निःशुल्क
आर्थीकसंसार संवाददाता१६ फागुन, २०७७
१६ फागुन, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान