News Portal

  • नेपाल बैंकले ‘फोन पे’को क्यूआर स्टेन्ड एकै दिन ११८ जनालाई वितरण

    आर्थीकसंसार संवाददाता१६ फागुन, २०७७
    १५१९ पटक
    १६ फागुन, २०७७

    काठमाडौं । नेपाल बैंकले एकैदिन एक सय अठार (११८) जनालाई फोन पेको क्यूआर स्टेन्ड वितरण गरेको छ । बैंकको पाल्पा शाखाको आयोजनामा डिजिटल पाल्पा अभियानअन्तर्गत एकैदिन सो मात्रालाई फोन पेको क्यू आर स्टेन्ड वितरण गरिएको हो ।
    ढाका कपडा व्यवसायी, कृषक, कानुनी सेवा व्यवसायी, सहकारी संस्था, विद्यालय, बाईक मर्मत पसल, होटल रेष्टुरेन्टलगायत विविध क्षेत्रका व्यवसायीलाई क्यू आर स्टेन्ड वितरण गरिएको थियो । कार्यक्रममा बोल्दै मेयर शाहीले अब व्यवसायमा क्यासलेस कारोबारका कारण छिटो, छरितो र सरल रुपमा कारोबार गर्न सकिने भएकाले सबैले यसको प्रयोगलाई बढाउनुपर्ने र यसको लागि तानसेनका बैंक तथा वित्तीय संस्थाहरुले यस किसिमको जागरणका कामहरु गर्नुपर्नेमा जोड दिए ।
    कार्यक्रमका विशिष्ठ अतिथि नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका उपनिर्देशक रमेश न्यौपानेले नगदको प्रयोग गर्दा जोखिम हुने, पैसा छिटो झुत्रो हुने भएकाले राज्यको खर्च पनि बढ्ने हुँदा नेपाल बैंकद्वारा सञ्चालन गरिने फोनपे को क्यू आर प्रयोगबाट नगदरहित कारोबार बढ्न जाँदा यसले समग्र रुपमा देशलाई नै फाइदा पुग्ने बताए ।
    शाखा प्रबन्धक सुरज घिमिरेको अध्यक्षता रहेको उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेड, लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख पासाङ दोर्जी शेर्पा, मुख्य प्रबन्धक लेखनाथ भुषाल, उद्योग वाणिज्य संघ, पाल्पाका अध्यक्ष राजु महर्जन, पाल्पा व्यापार संघका सदस्य नारायण बस्याललगायतले नगदरहित कारोबारमा जोड दिनुपर्ने बताए ।

    प्रतिकृया दिनुहोस्