काठमाडौं । नेपालमा रोयल इन्फिल्ड मोटरसाइलको आधिकारी बिक्रेता प्रतिष्ठित औद्योगिक तथा व्यापारीक घराना एम भी दुगड ग्रुप अन्र्तगतको विवेक अटोमोवाइलस् प्रा.लि.ले यहि फेब्रुअरी २६ तारिख, मिति २०७७÷११÷१४ गते “वेलफेर राइड” कार्यक्रम आयोजना सम्पन्न गरेकोे छ ।
बालाजु स्थित रोयल इन्फिल्ड शोरुमदेखि सुरु भएको राइड, रोयल इन्फिल्डका हेड अफ्m अपरेसन कनक जम्मरले शुभारम्भ गर्नुभएको थियो । जुन मानव सेवा आश्रम, नारायणथानमा पुगी सम्पन्न भएको थियो । यस राइड मा ३५ वटा रोयल इन्फिल्डमा सवार ४२ जना राइडरहरुले सहभागिता जनाएका थिए । १५ किलोमिटर लामो मोटरसाईकल र्यालीका लागि रोड क्यापटेन थिए काठमाडौं लेजेंड्स् ।
बृद्धा ज्येष्ठ नागरिक अनि अशक्त बुबाआमाहरुलाई सेवा गर्दै आएको मानव सेवा आश्रमलाई सहयोग एवं त्यस आश्रममा रहनुभएका बुबाआमाहरुसंग अन्तरक्रिया गर्ने मुख्य उद्देश्य राखेर बिहानको ०८ बजे बालाजुदेखि हिँडेको मोटरसाईकल र्याली गोंगबु, महाराजगंज, गोल्फुटार हुँदै मानव सेवा आश्रम, नारायणथानमा पुगी समापन भएको थियो । मानव सेवा आश्रम पुगेर एम भी दुगड ग्रुप टीम र राइडरहरुले त्यस आश्रममा यथासक्य र आफ्नो मनखुसीले सेवा र अन्तरक्रिक कार्यक्रम पनि गरेका थिए । Corporate Social Responsibility (CSR) लाई प्राथमिकता दिनु र राइडरहरुमा सेवाको भावना जगाउनु पनि र्यालीको मनसाय रहेको कुरा ब्राण्ड म्यानेजर अनुज मल्लाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विवेक अटोमोवाइलस्को “वेलफेर राइड” कार्यक्रम सम्पन्न
आर्थीकसंसार संवाददाता१५ फागुन, २०७७
१५ फागुन, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने