आर्थीकसंसार संवाददाता२७ कार्तिक, २०८३
२७ कार्तिक, २०८३काठमाडौं । शुक्रबार सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.४४ अंकले घटेर २६४८.७७ बिन्दुमा झरेको छ ।
नेप्सेका अनुसार ११० कम्पनीको सेयर मूल्य बढ्दा १६० कम्पनीको सेयर मूल्य घटेको छ । ९ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।
शुक्रबार ३३५ कम्पनीको ७८ लाख कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ५४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार घोराही सिमेन्टको भएको छ । घोराहीको ४० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
साथै सानिमा माइ हाइड्रोको १६ करोड, शिवम् सिमेन्टको ९ करोड र ग्लोबल आइएमई बैंकको ८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।



