काठमाडौं । नबिल बैंकले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा आर्थिक सहयोग गरेको छ । बैंकले उक्त कोषमा ६ करोड रुपैयाँ प्रदान गरेको हो । उक्त सहयोग रकम बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले अर्थमन्त्री डा. युवराज खतिवडालाई अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा हस्तान्तरण गरेको हो । उक्त कार्यक्रममा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वका सञ्योजक निर्वाण चौधरीको पनि उपस्थिति रहेको थियो ।
सो समारोहमा बैंकका सिईओ शाहले भने, ‘नबिल बैंकले नेपालमा कोरोना भाइरस महामारीका प्रभावहरू विरुद्ध लड्न नेपाल सरकारको प्रयासमा योगदान पुर्याउन पाउनु ठूलो सम्मान हो । बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोष नेपालभरी आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्ने नबिल कर्मचारीहरूको प्रयासबाट उत्पन्न भएको हो र यो अनुदान प्रत्येक नबिलियनको समर्पणको परिणाम हो ।’
नबिल बैंकद्वारा कोरोना कोषमा ६ करोड आर्थिक सहयोग
आर्थीकसंसार संवाददाता१ भदौ, २०७७
१ भदौ, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान