News Portal

  • महिला लघुवित्तको साधारण शेयर बाँडफाँड शुक्रबार हुने

    आर्थीकसंसार संवाददाता१२ फागुन, २०७७
    ८६५ पटक
    १२ फागुन, २०७७

    काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको सर्वसाधारणलाई निष्काशन गरिएको साधारण शेयर मिति २०७७ फागुन १४ गते शुक्रबार बिहान ८ बजे बाँडफाँड हुने नेपाल एसविआई मर्चेन्ट बैंकिङ्गले जनाएको छ ।
    साधारण शेयरको बाँडफाड हात्तिसारस्थित नेपाल एसविआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा हुनेसमेत विज्ञप्तिमा जनाइएको छ ।
    महिला लघुवित्तले २०७७ माघ ३० गतेबाट १०० रुपैयाँ अंकित दरका कुल ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गरेको थियो । कुल ४ लाख कित्तामध्ये ५ हजार कित्ता कर्मचारी सुरक्षित गरी २० हजार कित्ता सामूहिक लगानी कोषहरुका लागि बाँडफाँड गरिसकेको समेत जानकारी गराएको छ ।

    प्रतिकृया दिनुहोस्