News Portal

  • एनपीएलमा सुदूरपश्चिम र जनकपुर आज आमनेसामने हुँदै

    आर्थीकसंसार संवाददाता२४ कार्तिक, २०८३
    ३४ पटक
    २४ कार्तिक, २०८३

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत आज मंगलबार एक खेल हुँदैछ । त्रिवि क्रिकेट मैदानमा साँझ ५ बजेदेखि हुने खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।

    जारी प्रतियोगितामा सुदूरपश्चिमले पाँच खेल खेल्दै तीन जित र दुई हारसहित ६ अङ्क जोडेको छ । अङ्कतालिकाको तेस्रो स्थानमा रहेको सुदूरपश्चिम आजको खेल जित्दै प्लेअफ यात्रा थप सहज बनाउने लक्ष्यमा हुनेछ ।

    जनकपुर बोल्ट्स पनि आजको खेल जित्ने लक्ष्यसहित मैदान उत्रनेछ । पाँच खेल खेलेको जनकपुरले दुई जित र तीन हारसहित चार अङ्क जोडेको छ । अङ्कतालिकाको पाँचौँ स्थानमा रहेको जनकपुरका लागि प्लेअफको सम्भावना बलियो बनाउन आजको खेल महत्त्वपूर्ण हुनेछ ।

    दुवै टोलीका लागि अङ्कतालिकामा आफ्नो स्थान सुधार गर्ने अवसर रहेकाले आजको प्रतिस्पर्धा रोचक हुनेछ ।

    प्रतिकृया दिनुहोस्