News Portal

  • कुमारी बैंकको अगुवाईमा अपर राहुघाट जलविद्युत आयोजनामा लगानी जुट्यो

    आर्थीकसंसार संवाददाता११ फागुन, २०७७
    ६८१ पटक
    ११ फागुन, २०७७

    काठमाडौं । ४८.५० मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत परियोजनाको लागि लगानी जुटेको छ । कुमारी बैंकको अगुवाईमा सहवित्तीयकरण कर्जाअन्तर्गत तुदि पावर कम्पनी प्राइभेट लिमिटेडले निर्माण गर्न लागेको म्याग्दि जिल्ला भएर बग्ने राहुघाट खोलामा बन्न लागेको उक्त परियोजनामा लगानी जुटेको हो ।
    उक्त सहवित्तीयकरण सम्झौताअन्तर्गत कुमारी बैंक बाहेक ग्लोबल आइएमई बैंक, सह–अगुवाई बैंकको रुपमा रहेको छ भने अन्य सहभागी बैंकको रुपमा सिद्धार्थ बैंक लिमिटेड, नेपाल क्रेडिट एण्ड कमर्ज बैंक र माछापुच्छ्रे बैंक लिमिटेड रहेका छन् । यस परियोजनाको कूल लागत खर्च ८ अर्ब ३० करोड रुपैयाँमध्ये सहवित्तीयकरण बैंकहरुबाट जम्मा ऋण कर्जा ५ अर्ब ८१ करोड रुपैयाँ प्रवाह हुनेछ । प्रवन्धक कम्पनीको मुख्य लगानीकर्ताको रुपमा हिमालयन इन्फ्रास्ट्रक्चर फण्ड लिमिटेड, तुदी इन्भेष्टमेन्ट कम्पनी प्राईभेट लिमिटेड र महेश्वरप्रकाश श्रेष्ठ रहने छन् भने वैदेशिक लगानीकर्ताको रुपमा चिनियाँ कम्पनी, सिचुवान जी अन्ताई एनर्जी डेभेलपमेन्ट कम्पनी लिमिटेड रहनेछ ।
    परियोजनाबाट वि.सं.२०८० सम्म विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ । जलविद्युत आयोजना राष्ट्रिय प्राथमिकता क्षेत्रअन्तर्गत पर्ने गएको हुनाले, बैंक तथा वित्तिय संस्थाहरुले यस क्षेत्रमा लगानीको दायरा बढाईरहेका छन् । कुमारी बैंकले राष्ट्रिय प्राथमिकताअन्तर्गतका विविध आयोजनाहरुमा लगानी गर्दै आईरहेको र उक्त कार्य निरन्तर रुपमा अघि बड्दै जाने बैंकले जानकारी गराएको छ ।

    प्रतिकृया दिनुहोस्