काठमाडौं । सेञ्चुरी कमर्सियल बंैकले नेपाल राष्ट्रिय व्यवसायी महासंघमा आवद्ध उद्यमी व्यवसायी सहुलियतपूर्ण कर्जा दिने भएको छ । बैंक र महासंघबीच सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन एक समारोहमा सम्झौता भएको हो ।
सो समारोहमा बैंकले नेपाल राष्ट्रिय व्यवसायी महासंघ र महासंघअन्तर्गतका भोटेवहाल तयारी पोशाक उत्पादन तथा विक्रेता संघ र नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघसँग छुट्टाछुट्टै सम्झौता गरेको छ ।
सो सम्झौतापत्रमा बैंकको तर्फबाट कृषि तथा विपन्न वर्ग कर्जा विभाग प्रमुख प्रविन कुमार दाहाल, साना तथा मझौला कर्जा विभाग प्रमुख राजेन्द्रप्रसाद तिमसिना र नेपाल राष्ट्रिय व्यवसायी महासंघका तर्फबाट अध्यक्ष नरेशकुमार कटुवाल, भोटेवहाल तयारी पोशाक उत्पादन तथा विक्रेता संघका अध्यक्ष चन्द्र लामिछाने, नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघका अध्यक्ष आनन्द पौडेलले हस्ताक्षर गरे ।
यस सम्झौताअनुरुप महासंघमा आवद्ध उद्यमी व्यवसायीलाई बैंकले सरल, सहज तथा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउनेछ । उक्त सहज एवं सहुलियतपूर्ण कर्जाबाट व्यवसायीलाई कोभिड–१९ को विश्वव्यापी महामारीले पुर्याएको प्रतिकूल प्रभावलाई कम गरी व्यवसायमा निरन्तरता दिन, व्यवसाय वृद्धि तथा उद्यमशीलता प्रवद्र्धनमा सहयोग पुग्ने बैंकले अपेक्षा गरेको छ । आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिङ्ग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले १२० शाखा १० एक्सटेन्सन काउन्टर, २२ बान्चलेस बैंकिङ्ग र ८८ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।
सेञ्चुरी बैंकले महासंघसँग आवद्ध उद्यमीलाई सहुलियतपूर्ण कर्जा दिने
आर्थीकसंसार संवाददाता११ फागुन, २०७७
११ फागुन, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान