News Portal

  • मुक्तिनाथ बैंकको ‘आस्क मुक्ति भाइ’ भर्चुअल सहयाता सुरु

    आर्थीकसंसार संवाददाता९ फागुन, २०७७
    ८२० पटक
    ९ फागुन, २०७७

    काठमाडौं । मुक्तिनाथ विकास बैंक डिजिटल माध्यमको प्रोत्साहन तथा ग्राहकहरुको सुविधाको लागि आस्क मुक्ति भाइ’ नामक भर्चुअल (अनलाइन) सहयाता सेवा आफ्नो वेबसाइटमार्फत सञ्चालनमा ल्याएको छ ।
    बैंकको अनुसार ग्राहकहरुले यस भर्चुअल सहयाता सेवामार्फत छिटो, छरितो र सहजरुपमा बैंकका प्रडक्ट र सेवाका साथै बैंकसँग सम्बन्धित जानकारी, सेवाग्राही जिज्ञासाहरुको बारेमा जानकारी प्राप्त गर्न सक्नेछन् ।
    यो सेवा इन्टरनेटको पहुँचमा रहेका व्यक्तिले २४ सै धण्टा लिन सक्नेछन् । आर्टिफिसियल इन्टेलिजेन्स आधारित यो च्याटवट सेवा डिजिटल बैंकिङ्गका अत्याधुनिक पद्दतिबाट सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।
    यस सेवाको लागि बैंकको वेबसाइटमा गएर दायाँतर्फ आस्क मुक्ति भाइ वा बैंकको मासकट ‘मुक्ति भाई’ किल्क गरेर त्यहाँ छनोट या टाइप गरेर सेवा प्राप्त गर्न सकिनेछ ।

    प्रतिकृया दिनुहोस्