काठमाडौं । सिभिल बैंकको प्रस्तावित लाभांश पारित भएको छ । आइतबार सम्पन्न बैंकको दशौं वार्षिक साधारणसभाले सञ्चालक समितिको गत आवको लाभांश प्रस्तावलाई पारित गरेको हो ।
सभाले पारित गरेसँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको ८ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.४२ प्रतिशत नगद गरी कूल ८.४२ प्रतिशत लाभांश पाउने छन् ।
साथै सभाले आ.व. २०७७/०७८ को लेखापरीक्षण गर्नको लागि “एनबिएसएमएण्ड एशोसियट्स” लाई लेखापरीक्षकमा पुनः नियुक्त गर्नुका साथै सिभिल बैंक र अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एकआपसमा गाभ्ने/गाभिन (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने/हुने वा स्वदेशी/विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता गर्नेलगायत प्रचलित नियम, कानुनअनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।
बैंकले आधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा तथा सुविधामा विशेष ध्यान दिँदै ग्राहक सेवालाई निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ ।
बैंकले ११४ शाखाहरु, ६ एक्सटेन्सन काउन्टरहरु तथा ८९ एटीएममार्फत सेवा प्रदान गरिरहेको छ । यस अवधिमा बैंकले ७८ अर्ब रुपैयाँभन्दा बढी निक्षेप परिचालन गरी ७२ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानी गरिसकेको छ ।
सिभिल बैंकको दशौं वार्षिक साधारणसभाले प्रस्तावित लाभांश पारित
आर्थीकसंसार संवाददाता९ फागुन, २०७७
९ फागुन, २०७७- सानिमा रिलायन्स लाइफका रण बहादुर तामाङ बने सीओटी
- ग्लोबल आइएमई बैंकको १८ औं वार्षिकोत्सवको अवसरमा सातै प्रदेशमा प्रभातफेरी कार्यक्रम
- ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै
- एनएलजी इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने आज अन्तिम दिन
- हिमालयन बैंकको बानेश्वर शाखा स्थानान्तरण
- एनआईसी एशिया बैंकद्वारा २ करोड लगानीमा विभिन्न विद्यालयमा पुस्तकालय समुद्घाटन
- प्रभु महालक्ष्मी लाइफका शेरचन छैटौं पटक बने एमडीआरटी
- महालक्ष्मी विकास बैंकद्वारा कर्णाली प्रदेश अन्तर्गतका विधार्थीलाई छात्रवृत्ति प्रदान
- सूर्यज्योति लाइफको व्यतित बीमालेख नविकरण गर्दा ५०% सम्म छुट पाइने
- नेपाल लाइफको नयाँ बोनस दर घोषणा, ८५ रुपैयाँसम्म दिने