News Portal

  • नेपाल एसबिआई बैंकद्वारा मानव सेवा आश्रमलाई सोलार वाटर हिटर प्रदान

    आर्थीकसंसार संवाददाता९ फागुन, २०७७
    ५५७ पटक
    ९ फागुन, २०७७

    काठमाडौं । नेपाल एसबिआई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पोखरास्थित मानवसेवा आश्रममा आवश्यक सोलार वाटर हिटर, १० वटा बंक बेड, मास्क तथा स्यानिटाइजर प्रदान गरेको छ । सन् २०१८ मा सञ्चालन भएको उक्त सामाजिक संस्थाले सडकमा बस्ने शारीरिक तथा मानसिक रुपमा अशक्त व्यक्तिहरुको उद्धार तथा पुनस्थापनामा सहयोग गर्दै आएको छ । हेटौंडा, मकवानपुरमा प्रधान कार्यालय रहेको उक्त आश्रमले ७ प्रदेशका १७ केन्द्रहरुबाट आफ्नो सेवा प्रदान गर्दै आएको छ ।
    उक्त संस्थामा आयोजना गरिएको एक कार्यक्रममा भेन्कट नागेश्वर चलासनी, उप प्रबन्ध निर्देशक, इन्टरनेशनल बैंकिङ ग्रुप, भारतीय स्टेट बैंक, सोमा संकरा प्रसाद, उपप्रबन्ध निर्देशक तथा समूह अनूपालना अधिकृत, भारतीय स्टेट बैंक, बि.आर.एस. सत्यनारायण, प्रमुख महाप्रबन्धक, इन्टरनेशनल बैंकिङ ग्रुप, भारतीय स्टेट बैंक तथा अध्यक्ष, नेपाल एसबिआई बैंक, विरन्ची नारायण रथ, उप महाप्रबन्धक, इन्टरनेशनल बैंकिङ ग्रुप, भारतीय स्टेट बैंक, नेपाल एसबिआई बैंकका सञ्चालकहरु बाल कृष्ण श्रेष्ठ, अर्जुनकुमार गौतम, विमला सुवेदी प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार दे तथा बैंकका अन्य विशिष्ठ अधिकारीहरुको उपस्थितिमा आश्रमका गण्डकी प्रदेश प्रमुख होमनाथ तिमिल्सिना तथा पोखरा जिल्ला संयोजक राजन सापकोटालाई उक्त सामानहरु ह्स्तान्तरण गरियो ।

    प्रतिकृया दिनुहोस्